
म छत्र शंकर विगत १५ बर्षदेखि आमसंचार तथा पत्रकारिता क्षेत्रमा आवद्ध छु । मैले आमसंचार तथा पत्रकारितामा नेपालवाट मास्टर्स गरेको छु भने टेलिभजन तथा रेडियो पत्रकारिताको राम्रो अनुभव गरेको छु । सगरमाथा टेलिभिजनमा ५ वर्ष कार्यक्रम प्रस्तोता तथा समाचार संकलन गरेको अनुभव छ । रेडियो अन्नपूर्णमा मैले समाचार संयोजकको भुमिकामा रहेर काम गरेको छु । यसका साथै मानव अधिकार पत्रकार संघको अध्यक्ष भएर विगत ६ बर्षदेखि मानव अधिकार पत्रकारिता सम्वन्धि पैरवी गरेको अनुभव छ । मैले सन् २०१० मा अस्ट्रेलियन फेलोसिप अवार्ड प्राप्त गरि एशिया प्यासिफिक जर्नालिजम सेन्टर मेलबर्नको संयोजनमा अस्ट्रेलियाका विभिन्न मिडियाको पत्रकारिता अभ्यासको वारेमा अध्ययन गरेको छु । जलवायु परिवर्तन, सुकुम्वासी समस्या र आन्तरिक शर्णार्थीको वारेमा डकुमेन्ट्रीहरु समेत बनाएको छु । हाल विगत पाँच बर्षदेखि अस्ट्रेलिया वेस बनाइ पत्रकारिता गरिरहेको छु ।
Chhatra Shankar has been involved in the field of mass media and journalism for the last 15 years. With a Masters in Mass Communication and Journalism from Nepal, he brings experience across Television and Radio Journalism to the Speak My Language program. Chhatra is a passionate advocate for social justice and is a member of the Human Rights Journalists Association Nepal. He has used his experience and cultural understanding to promote disability inclusion in the Nepali Australian community through this podcast series. Chhatra's role as Speak My Language Traveller was with the Multicultural Council of TAS.
Interviews by Chhatra Shankar
तनाव कम गर्न संगित सुनौं
Let's Listen to Music to Reduce Stress
आप्रवासी पृष्ठभूमीका मानिसहरु अस्ट्रेलियाका रिजनल क्षेत्रमा विभिन्न उदेश्यले गएका हुन्छन् । कतिपय रोजगारीको शिलशिलामा त कोही स्थायी भिसाको लागि आएका हुन्छन् । त्यसैले उनीहरुको दैनिकी यति ब्यस्त हुन्छ की एक अर्कामा भेटघाटनै ग्रह्रो हुन्छ । विशेष गरी नेपाली युवा विद्यार्थीहरु काम पढाइ तथा भिसाको चिन्ताले गर्दा निकै नै तनावमा हुन्छन् । उनीहरुले आप्ना साथीहरुलाई समस्या सुनाएर तनाव कम गर्न समय सम्म हुँदैन् । तर नेपाली चाड पर्वमा भने उनीहरुले जसरी पनि समय निकाल्छन् र रामाइलो... read more
People with migrant backgrounds travel to regional areas of Australia for various reasons. Some go for employment, while some go for a permanent visa. They become so busy that it is difficult for them to form connections and meet others. This is especially true for young Nepali students who are stressed due to work, study, and visa worries. It's difficult to make time to connect with friends, even though this could reduce stress. However, during Nepali festivals, young... read more
स्वीकार र समावेशीकरणको अधिवक्ता गर्नुहोस् ।
Be an Advocate for Acceptance and Inclusion
डिस्याविलिटी केयर वर्कर बिनीता कार्की भण्डारीको अनुभव सुन्ने हो भने अशक्तता भएका भएका मानिसहरूलाई हेरचाह गर्दा विशेष गरी उनीहरूसँग कसरी प्रस्तुत हुने शैली प्रमुख मानिन्छ । उनीहरूलाई पनि हामीहरूले अन्यमानिसहरु जस्तै व्यवहार गर्नुपर्छ । उनीहरूको हेरचाहमा हुनुहुन्छ भने जहिल्यै पनि उनीहरूको मनोबल बढाएर कुरा गर्नुहोस् । अशक्तता भएका मानिसहरूलाई राष्ट्रिय निकुञ्ज तथा कतिपय साना पसलहरू लगायत सार्वजनिक ठाँउहरु अझै पनि पहुँच योग्य छैनन् बिनीता भन्छिन्, ''जसका लागि जनचेतना ... read more
If you listen to the experience of Disability Care Worker Binita Karki Bhandari, when it comes to caring for people with disabilities, it is key to always treat them like any other member of the community. She says, "When caring for them, I communicate in a way that will boost their morale." She highlights that people with disabilities still do not have easy access to national parks, some small local shops and other public areas and advocates for more attention to these... read more
शारीरिक अशक्तता भएका व्यक्तिहरूलाई सम्मान
Respecting People With Disability
डिस्याविलिटी क्षेत्रमा काम गर्नहरुका लागि प्रतीकले केही नयाँ सुझा दिएका छन् । उनी भन्छन्, ''मानिसको जिन्दगीको ठेगान छैन तपाइ हामी मध्ये जो कोही कुनै पनि बेला अपाङ्गता हुन सक्छौ।” त्यसैले अपाङ्गताबारेमा सकारात्मक सोचौँ र सम्मान गरौँ । यदि तपाइ मध्ये अपाङ्गताको क्षेत्रमा काम गर्दै हुनुहुन्छ भने उनीहरूको आत्मबल र आत्म निर्णयको अधिकार लाई सम्मान गर्नुहोस् साथै दैनिक कार्य योजना बनाउँदा उनीहरूको अत्मनिर्णलाइ आत्मसाथ गर्नुहोस् भन्ने सन्देश प्रतीकले दिएका छन् । read more
Pratik has some suggestions for those working in the field of disability. He shares that, "there is no certainty about human life and anyone of us can be disabled at any time. That is why let's think positively about disability and respect it." Pratik provides advice to others working in the disability sector, stressing the importance of respecting people with disability's right to self-determination and empowering their confidence when making daily action plans. read more